राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित आज

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 10:29:42 AM मा प्रकाशित

laxmi  sunrise bank


निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिको लागि उम्मेदवारी दिएका उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।

बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको आयोगले बिहीबार बेलुकी ६ बजे अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ । 

आयोग प्रवक्ता नवराज ढकालले बिहिबार दिउँसो २ बजेसम्म उम्मेदवार विरुद्ध दाबी विरोध गर्न सकिने जानकारी दिए । ४ बजे देखि ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । 

राष्ट्रपतिको लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । आउँदो फागुन २९ गते राष्ट्रपतिको चुनाव हुँदैछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved