पार्टी एकताका लागि गठित दुवै कार्यदलको म्याद थपिँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 12:46:38 PM मा प्रकाशित

laxmi  sunrise bank


नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न गठित कार्यदलको म्याद थपिने भएको छ । कार्यदलको समयसीमा फागुन २५ भित्र प्रारम्भिक मस्यौदा तयार नभएपछि म्याद थप गर्ने तयारी भएको हो । 

गठबन्धनले गत फागुन १० गते एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल गठन गरेर प्रतिवेदन तयार पार्न कार्यदल बनाएको थियो । 

शुक्रबार दुवै कार्यदलको बैठक बस्ने र पार्टी समक्ष म्याद थपको प्रस्ताव लैजाने तयारी भएको एक नेताले बताए । 

प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले प्रारम्भिक मस्यौदा तयारको ७० प्रतिशत काम सम्पन्न भएपनि अझै काम नसकिएकाले समय थप गर्न लागिएको जानकारी दिए । विश्व कम्युनिष्ट आन्दोलन, नेपालको कम्युनिष्ट आन्दोलन र दुवै पार्टीका मिल्ने विषय मस्यौदामा समेट्ने काम भइरहेको उनले बताए । 

त्यस्तै विधान मस्यौदा कार्यदलका सदस्य गोकर्ण बिष्टले काम सम्पन्न गरी प्रतिबेदन बुझाउन थप एक साता लाग्ने बताए । कार्यदलले मस्यौदा लेखनको काम सकेपनि केहि छलफल आवश्यक रहेकाले म्याद थप्न लागिएको विष्टले बताए । 

विधान मस्यौदा कार्यदलमा संयोजक माओवादी नेता रामबहादुर थापा बादल, सदस्यहरुमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल छन् । माओवादीबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।

त्यस्तै, प्रतिवेदन मस्यौदा कार्यदलको संयोजकमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, सदस्यहरुमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत फम्फा भुषाल र देवेन्द्र पौडेल रहेका छन् ।

एमाले र माओवादीका शिर्ष नेताहरुले पार्टी एकता गरी एउटै कम्युनिष्ट पार्टी बनाउने तयारी थालेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved