लगानी भित्राउन सहज बनाउन सरकार जुनसुकै ऐन नियम संशोधन गर्न तयार छ : मन्त्री खतिवडा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 02:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो समय  आयातले मुलुकको अर्थतन्त्र जर्जर भएकाले त्यसको उत्थानमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन् ।  सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन सत्रमा बोल्दै मन्त्री खतिवडाले व्यपार घाटा कम गर्न अब देशको निर्यात क्षमता बारे अन्तराष्ट्रिय समुदायलाई  जानकारी दिनु पर्ने बताए ।  

मन्त्री खतिवडाले भने 'हाम्रो ब्यापार १०० रुपैया आयात गरेर ७ रुपैया वरावरको निर्यात को अबस्थामा छ । आयात धान्न पर्यटक ल्याउदा, बैदेसिक रोजगारीमा मान्छे पठाउँदा र बिदेशी अनुदानले पनि पुगेको छैन । सेवाले बस्तुको आयातलाई धान्न छोडेको छ । '

औद्योगिक प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार, उत्पादकत्व वृद्धि, रोजगारीको सिर्जनाका साथै देशको समग्र अर्थव्यवस्थामा दूरगामी प्रभाव पार्ने उद्योगमैत्री ऐन नियम सरकारले चाँडै ल्याउने प्रतिबद्धता अर्थमन्त्रीले व्यक्त गरे । 

खतिवडाले  सरकार नीजि क्षेत्रको पतिस्पर्धी नभइ सहयोगी बनेर अघी बढ्रने भन्दै  लगानी अनुकुल बातावारण निर्माण गर्न सरकार प्रतिबद रहेको बताए ।   

मन्त्री खतिवडाले सरकार निजि क्षेत्रको प्रतिस्पर्धी नभई निजि क्षेत्रको परिपुरक भएर निजि क्षेत्रसंग काम गर्न इच्छुक गरेको बताए  । उनले भने 'नीजि क्षेत्रले गर्न नसक्ने कुरामा सरकार नीजि क्षेत्रको परिपुरक वन्न तयार छ । नीजी क्षेत्र एक्लैले गर्ने काममा सरकार पर्वदक भएर अनुकुल  बातावरण निर्माण गर्छ । '

 उनले देशमा लगानी मैत्री वातावारण बनाउन  लगानी बोर्ड ऐन संशोधनको प्रक्रिायमा रहेको बताए । त्यस्तै लगानी भित्राउन सहज हुने गरी कम्पनी ऐन,  बिदेशी बिनिमय ऐन लगायतका ऐन पनि संशोधन गर्न सरकार तयार रहेको बताए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved