सभामुखको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता, बाम गठबन्धनबाट महरा उम्मेदवार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 08:30:08 AM मा प्रकाशित

laxmi  sunrise bank


माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुषासले जानकारी दिईन् । यसअघि एमालेसँग भएको सहमतिकै आधारमा महरालाई  सभामुखको उम्मेदवार बनाउने निर्णय भएको माओवादीले जनाएको छ । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा १० देखी दिउँसो २ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ ।

सभामुखको लागि भोलि दिउँसो १ बजे चुनाव हुनेछ ।

राष्ट्रपतिमा एमाले माओवादी गठबन्धनविरुद्ध उम्मेदवार उठाएको कांग्रेसले सभामुखमा भने उम्मेद्वारी नदिने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved