गठबन्धनबाट सभामुखमा महराको उम्मेदवारी, कांग्रेसले पनि समर्थन गर्ने संकेत

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 09:57:24 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुख बन्ने पक्का भएको छ । एमाले माओवादी केन्द्रको गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका महराले संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । महराको प्रस्तावकमा एमाले नेता एवं पुर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी नेता देव गुरुङ रहेका छन् ।

महरालाई नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पनि समर्थन गर्ने संकेत जनाएका छन् ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतीय राजनीतिलाई बढवा दिन सभामुखमा काङ्ग्रेसले उम्मेद्वार नउठाउने जनाए । 

 शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । संसद सचिवालयले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र भोलि दिउँसो १ बजे चुनाव गर्ने कार्यतालिका बनाएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई राष्ट्रियसभाको अध्यक्ष दिएर सुवासचन्द्र नेम्वाङलाई प्रतिनिधि सभाको सभामुखको उम्मेद्वार बनाउने प्रयास गरे पनि माओवादी केन्द्रले अस्वीकार गरी महरालाई सभामुखको उम्मेद्वार बनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved