उपचारमा लापरवाही नगर्नुस : प्रधानमन्त्री ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2018 | 11:44:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिएका हुन्  ।

वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भने ‘दाँया र वाँया घुंडो नचिन्ने ,एउटा बेडको विरामीको अप्रेसन गर्नु पर्ने अर्कै बेडको विरामको अप्रेसन गर्ने डाक्टर छन् भन्ने सुनेको छु । के पढेर आएका डाक्टरहरुले यसो गर्छन् । त्यस कारण चिकित्सा शिक्षालाई गुणस्तरीय र  विश्वसनीय बनाउनु पर्दछ ।’ यसले चिकित्सा शिक्षाको गुाण्स्तरीयतामा प्रश्न उब्जाएको प्रधानमन्त्री ओलीले बताए ।

सरकारी अस्पतालको गुणस्तरीयतामा जनस्तरबाट प्रश्न उठ्ने गरेकोले यसलाई अन्त्य गर्न ऐतिहासिक वीर अस्पताल अघि सर्नु पर्ने प्रधानमन्त्री ओलीले बताए ।  प्रधानमन्त्री ओलीले विषादीयुक्त खाद्यपदार्थ मानव स्वास्थ्यका लागि समस्या भएको उल्लेख गर्दै भने  ‘नेपाल जस्तो स्वस्थ्य हावापानी भएको देशमा विषादीको प्रयोगले गम्भिर स्वास्थ्य असन्तुलन सृजना गरेको छ । यसलाई न्यून गर्न सबैको प्रयास जरुरी छ ।’

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब शिलान्यास गर्ने तर काम नहुने छुट नभएको बताए । ‘मैले सुनेको छु एउटै पुलको शिलान्यास ११ पटक सम्म भएको छ रे ’ प्रधानमन्त्री ओलीले भने ‘अब कुनै पनि योजनाको शिलान्यास एकपटक हुन्छ । तोकिएको समयमा सम्पन्न हुन्छ र उद्घाटन हुन्छ । ’ कुनै पनि योजना तोकिएको समयमा नसकिए त्यसको स्पष्ट कारण खोजिने प्रधानमन्त्री ओलीले बताए  । ‘अबको नेपालमा छलछाम गर्ने,आलटाल गर्ने गुणस्तर घटाउने मौका हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘सबै कामको अनुगमन हुन्छ । अनुगमन गर्ने निकाय माथी थप अनुगमन पनि हुन्छ । त्यस कारण सबैले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरौं ।’

प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिएका छन् ।‘अब कडा कदम नचाली देश बन्दैन ’ प्रधानमन्त्री ओलीले भने ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं । देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं ।’

अढाइ वर्ष भित्र सम्पन्न हुने गरी २ अर्ब ८५ करोड रुपैंया लागतमा वीर अस्पताल सजिर्कल भवन निर्माण हुन लागेको हो । भवनमा ६५० शैया रहनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved