फोरम सहितको सरकार विस्तार हुन्छ: नेता नेपाल

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 01:58:06 PM मा प्रकाशित

laxmi  sunrise bank


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संघीय समाजवादी फोरम नेपाल सहितको सरकार विस्तार हुने बताएका छन् ।

रौतहटको यमुनामाई गाउँपालिकामा बन्न लागेका सडकको शुक्रबार शिलान्यास गर्दै नेता नेपालले एमाले माओवादी गठबन्धनसँगै फोरम नेपाल पनि सरकारमा सहभागी हुने बताए । दुई तिहाई सहितको बलियो सरकार बनेपछि सबैका असन्तुष्टि सम्बोधन गर्न सहज हुने बताए । 

प्रदेश नम्बर २ मा पनि फोरमसँग मिलेर आफूहरु अघि बढ्ने बताए ।

पाँच वर्षमा मुलुकले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने भन्दै नेता नेपालले विकासमा प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved