विश्व बैंकले नेपालमा डेढ खर्ब बराबरको लगानी गर्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 02:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालमा डेढ खर्ब लगानी गर्ने भएको छ । सन् २०१९ देखि २०२२ सम्मका लागि विश्व बैंकले नेपालमा एक खर्ब ४० अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । 

यो वजेट सफ्ट लोनमा केन्द्रीय सरकारसँग सम्झौता गरेर उपलब्ध गराउने विश्व बैंकले जनाएको छ। यसैक्रममा विश्व बैंकको टोलीले नेपालको ५ नम्बर प्रदेश सरकारसँग लगानीका सम्भावित क्षेत्र र साझेदारीका विषयमा छलफल गरेको छ । 

आगामी चार वर्षका लागि कुनकुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भन्ने विषयमा सुझाव संकलन गर्न विश्व बैंकको टोली बुटवल पुगेको छ । विश्व बैंकले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर लगानीका क्षेत्र निर्धारण गर्ने बताएको छ । 

छलफलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन, पूर्वाधार विकास, जलस्रोतको प्रयोग, कृषिको व्यवसायीकिरण लगायतका क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरेका छन् । प्रदेशको पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पर्यटन र उद्योगको सम्भावना रहेकाले यी क्षेत्रमा लगानी गर्दा प्रतिफल राम्रो आउने बताए । 

विश्व बैंकका एशिया महादेश प्रमुख जुरी वका, विश्व बैंकको नेपालका लागि प्रवन्ध निर्देशक विज्ञानबहादुर प्रधान लगायतले आगामी चार वर्षे लगानीका क्षेत्र निर्धारण र साझेदारीका लागि सातै प्रदेशमा प्रदेश सरकारसंग छलफल गर्नेे बताए ।

विश्व बैंकको टोलीले प्रधानमन्त्री सहित सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संयुक्त छलफल गर्न चाहेको नेपालका लागि प्रवन्ध निर्देशक प्रधानले बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved