नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 03:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको रिक्त जिल्ला नगर उपाध्यक्ष पदमा किशोर कुमार प्रधान निर्वाचित भएका छन। शुक्रबार महांसघ सचिवालयमा सम्पन्न निर्वाचनमा प्रधानले ६५ मत ल्याएर निर्वाचित भएका हुन। 

प्रधानले ६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी एवं वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीले ३३ मत ल्याए। निर्वाचित उपाध्यक्ष प्रधानले  महासंघका अध्यक्ष भवानी राणाबाट आजै पद तथा गोपनियताको शपथ ग्रहण गरे। 

२०७३ चैत २९ गते भएको महासंघको निर्वाचनमा उपाध्यक्ष पदमा चुनाब हारेका प्रधानले एक तह तल्लो पद जिल्ला नगर उपाध्यक्षमा निर्वाचत भएका हुन् । पहिले पनि प्रधान जिल्ला नगर उपाध्यक्ष थिए ।

गत बर्ष भएको निर्वाचनमा प्रमोद श्रेष्ठ जिल्ला नगर उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। तर श्रेष्ठले ०७४ बैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएपछी महासंघ कार्यकारीणी समितिले श्रेष्ठको उपाध्यक्ष पद खारेज गरेको थियो। 

मेयरमा पराजित भएका श्रेष्ठले आफूलाई पदबाट बर्खास्त गरिएको र तोकिएको निर्वाचनको मिति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो तर अदालतमा कारण पेश गर्न सकेनन। त्यसपछि महासंघले फेरि ०७४ फागून २५ गतेका लागि निर्वाचनको मिति तोक्यो ।

महासंघले मिति तोकेपछि श्रेष्ठले पुन निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्बोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महासंघले चुनाव गराएको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved