प्रधानमन्त्री ओलीले आइतबार संसदमा विश्वासको मत लिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 12:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । 

शनिबार बसेको संसद बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन संसदमा प्रस्ताव पश गरेकाले आइतबार बस्ने संस्द बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिने लिने जानकारी दिए । 

नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम एकै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्था छ । 

ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि समर्थन गरेका छन् । 

संसद बैठक आईतबार दिउँसो १ बजे बस्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved