राष्ट्रपति चुनावका लागि आजै रातिदेखि मौन अवधि सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 01:24:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार हुने राष्ट्रपति चुनावका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ ।  

मौन अवधि सुरु भएपछि चुनाव नसकिएसम्म राजनीतिक दल, उम्मेदवार, दलका पदाधिकारीहरु चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रपति चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रशारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण नगर्न आयोगले सञ्चार माध्यमलाई पनि आग्रह गरेको छ । एविभिन्न समाजिक सञ्जालमा पनि प्रचार प्रसार नगर्न आयोगले आग्रह गरेको छ । 

राष्ट्रपति चुनावका लागि वाम गठबन्धनकातर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन् । राष्ट्रपति चयनका लागि संघीय र प्रदेशसभाका सांसदहरुले मतदान गर्न पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved