प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2018 | 08:52:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदै छन् । 

कुनै एक पार्टीको एक्लै बहुमत नरहेको र दुई वा दुई भन्दा बढी पार्टीको समर्थनमा निर्वाचित हुने प्रधानमन्त्रीले संसदमा १ महिनाभित्र विश्वासका मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।

संसदमा सत्तारुढ दल नेकपा एमालेको १ सय २१, माओवादी केन्द्रको ५३ सांसद छन् । संसदमा १७ जना सांसद रहेको राष्ट्रिय जनता पार्टी (राजपा) र १ सांसद रहेको राप्रपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । 

१६ सांसद रहेको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय गरेपनि प्रधानमन्त्री ओलीलाई मत दिने वा नदिनेबारे निर्णय गर्न पदाधिकारी वैठक बस्दैछ । 

स्वतन्त्र सांसद राजेन्द्र लिङ्देन, राष्टिय जनमोर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि सरकारको पक्षमा मतदान गर्ने भएका छन् । सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये १ सय ९४ सांसदको समर्थन रहने देखिएको छ ।


दुईतिहाईका लागि १ सय ८२ मत आवश्यक पर्नेमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा बढी मत देखिएको छ । 

विश्वासको मत लिनु अघि आइतबार मध्याह्न १२ः३० बजे एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक बस्दैछ ।


प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved