जलविद्युतमा निजि क्षेत्रको अर्को छलांङ , अहिलेसम्मकै ठुलो चिनिया लगानी भित्रिदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 11:49:54 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले नेपालको जलबिद्युत आयोजनामा हालसमकै ठुलो लगानी गर्ने भएको छ। उत्तरी छिमेकी चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन आयोजनामा करिब ११ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको हो। 

चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा करिब ९ अर्ब अमेरिकी डलर अर्थात करिब ११ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो।

चीनको सरकारी हाइड्रो कम्पनीले नेपालको निजी क्षेत्रले निर्माण गरिरहेको ४८. ८ मेगावाटको खिम्ती–२ आयोजनामा पहिलोपटक यति ठूलो लगानी गर्न लागेको हो ।

यस सम्बन्धि सम्झौतापत्रमा आगामी १४ मार्चमा छोङछिङमा सम्झौता हुने नेपाल उद्योग बाणिज्य महासंघ व्यापार समिति सभापति दिल सुन्दर श्रेष्ठले बिजपाटिलाई जानकारी दिए। श्रेष्ठले सम्झौतापछी निजि क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुल्ने प्रतिक्रिया दिए ।  

सम्झौताका लागि पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वमा ८ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । आचार्यको टोलीले चीनको थ्रिगोर्जेज लगायत जलविद्युत कम्पनीको समेत अध्ययन भ्रमण गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved