राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता गरिंदै, फागुन ३० गते चुनाव

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 08:55:13 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता गरिंदै छ ।

फागुन ३० गते हुने राष्ट्रियसभा अध्यक्षको चुनावका लागि संघीय संसद सचिवालयले राष्ट्रियसभाको उम्मेदवार बन्न चाहनेलाई आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय उपलब्ध गराएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गर्न सकिने र उम्मेदवारहरुको अन्तिम नामावली आजै दिउँसो १ः३० बजे प्रकाशित गरिने संसद सचिवालयले जनाएको छ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेले पाउने भएको छ । संघीय संसदको सभामुख माओवादीलाई दिएर राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने भएको हो । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका डा. युवराज खतिवडा, डा. विमला पौडेल र रामनारायण विडारीले भने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा भोट हाल्न नपाउने भएका छन् ।

उनीहरुले शपथ लिनुभन्दा पहिले नै मतदाताको अन्तिम नामावली प्रकाशित भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२, संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना गरीस् जम्मा ५९ सांसद छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved