गणेश तिमल्सिनालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने एमालेको निर्णय

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 10:28:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले नेताहरुको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

राष्ट्रियसभाको अध्यक्षमा दावी गरिरहेका परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर ४ का सहसंयोजक समेत हुन् ।

राष्ट्रिय सभा अध्यक्षका लागि बुधबार चुनाव हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved