अपडेट: १३ जनाको उद्दार, विमान पूर्णरुपमा क्षति, पाइलटको सुझबुझले ठुलो दुर्घटना टर्यो (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 01:09:18 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। बंगलादेशको ढाकाबाट आएको युएस बंगला ७३८ एयर क्राफ्ट अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको हो। 

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घना भएकाे हो। विमानमा रनवे मै आगो लागेको थियो भने आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए। विमानमा रहेका १४ जनाको उद्धार गरि उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ।१४ जना घाइतेहरुलाई नर्भिकमा उपचार गरिदै गरीएपनि बाँकी यात्रु र सवारी चालकको अवस्था के छ भन्ने बारे यकिन जानकारी आईसकेको छैन। 

बिमानका पाइलट सुझबुझ पूर्ण ढंगले बिमानलाई रनवे बाहिर लैजाँदा ठुलो दुर्घटना टरेको प्रत्यक्षदर्शीले बिजपाटिलाई बताएका छन। उनका अनुसार  यदि पाइलटले रनवे तर्फ नै प्लेन नलगेका भए अन्य विमानमा आगो लाग्ने सम्भावना अधिक थियो।

विमानको पछिल्लो भाग (पुच्छर) बाहेक सबै भाग जलेर खरानी भएको छ। अहिलेपनि आगो सम्पूर्ण रुपमा नियन्त्रण आईसकेको छैन। दुर्घटनाग्रस्त क्षेत्रमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ।   

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ। 


हेर्नुस भिडियो   ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved