विमानस्थल पुगेर प्रधानमन्त्री ओलीले भने 'दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 03:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन्। 

दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए  । 

उन दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरे । उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उहाँ मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved