यूएस-बांग्ला विमान दूर्घटना : विमानमा ३३ नेपाली रहेको पुष्टि, मृत्यु हुनेको संख्या ४९ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 04:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएस-बांग्ला एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा परी विमानमा सवार ४९ जना व्यक्तिको मृत्यु भएको एक जना प्रहरी अधिकारीले पुष्टि गरेका छन्। सत्सट्ठी यात्रु र चालक दलका चार सदस्यसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।विमानस्थलमा खटिएका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विमानको भग्नावशेषबाट थप आठ शव भेटिएपछि हताहत हुनेको संख्या ४९  पुगेको हो। यसअघि नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले दुर्घटनास्थलबाट ३१ वटा शव निकालिएको र नौ जनाको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको बताएका थिए। विमानको भग्नावशेषमा खोजी गर्दा आठ जनाको शव भेटिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा उद्धारकार्यबारे बुझ्न दुर्घटनास्थल पुगेका थिए। सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने बताएका छन्। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा ३७ पुरुष, २८ महिला र दुई जना यात्रु सवार थिए। तीमध्ये ३३ जना नेपाली भएको बुझिएको छ। धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको एक जना प्रत्यक्षदर्शी विष्णु सापकोटाले बताए। सापकोटा उड्न तयार अर्को विमानमा थिए।

दुर्घटनापछि केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। तीन घण्टापछि विमानस्थलको धावनमार्ग खुलेको राजकुमार छेत्रीले बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved