बंगलादेशी विमान दुर्घटनाको बिषयमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 05:47:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनाको बिषयमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बैठकले ६ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जनाइएको छ। 

पुर्वसचिब यज्ञ प्रसाद गौतमको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको बिजपाटिलाई समाचार प्राप्त भएको छ। आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी र सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन् ।

जाँचबुझ आयोगलाई यथाशिघ्र छानविन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । सरकारले विमान दुर्घटनामा परी घाईते भएकोहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

त्यसैगरी दुर्घटनामा परेकाहरुको उद्दार कार्यमा खटिएका नागरिक उडडयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी लगायतप्रति पनि आभार व्यक्त गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved