विमान दुर्घटनामा गोल्डमेडलिस्ट न्युरो सर्जन डा. बालकृष्ण थापाको निधन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 06:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा ड़ा थापाको विमान दुर्घटनामा परी मृत्यु भएको हो।  

चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर डा थापा भरतपुरको चौबिस कोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए।

थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए। २०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेका छन्। २०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले बनेपास्थित कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए।   

न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देश-विदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन्। डा थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved