‘बोक्सीकाण्ड’ मा मुछिएका मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार, अवस्था चिन्ताजनक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 07:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समुहले गोली र खुकुरी प्रहार गरेको छ। चिन्ताजनक अवस्थामा रहेका मेयर चौधरीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भैरहेको जनाइएको छ। 

मेयर चौधरीलाई एक गोली लागेको छ भने शरीरका दुई ठाउँमा खुकुरी प्रहार भएको छ। गोलि कहाँ लागेको भन्नेबारे स्पष्ट भई नसकेको अस्पताल स्रोतले जनाएको छ। 

बजारमा रहेको अवस्थामा आक्रमण भनिएको यस घटनालाई बोक्सी आरोपमा कुटिएकी राधा चौधरीसंग जोडेर हेरिएको छ। नेकपा एमालेबाट मेयरमा निर्वाचित चौधरीलाई राधा चौधरीलाई निर्मम तरिकाले मारपिट गरिएको घटनामा मौन रहेको र आरोपितलाई सघाएको आरोप लागेको छ।गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुव्र्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको आरोप लागेको छ। 

‘बोक्सीकाण्ड’ मा मुछिएका चौधरीलाई विप्लब माओवादी नेकपा माओवादीले कारबाही गर्ने चेतावनी दिएको थियो। उनिमाथि भएको गोली र खुकुरी प्रहारलाई विप्लब माओवादीले कारबाही गरेको भनिएको छ। यद्दपी यस आशंकाको पुष्टि हुन भने बाँकी नै छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved