दुर्घटनाअघि यस्तो कुराकानी भएको थियो एयर ट्राफिक र पाइलटबीच (अडियोसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 13, 2018 | 06:56:13 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको बंगलादेसी विमानलाई चालकले गलत दिशाबाट अवतरण गराएको खुल्न आएको छ। अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए ।   

‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउछु भने छन्’ विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले भने ‘त्यसपछि एटिसीले उत्तरतिरबाटै अवतरण गराउन अनुमति दिएको जानकारी पाएको छु ।’ कुराकानीमा पटक-पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएका छन् । 

विमान उत्तरतिरबाट अवतरण गरेकै कारणले दुर्घटनामा परेको भन्न नसकिने उनले स्पष्ट पारे । ३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved