सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीशसँग असन्तुष्ट, इजलाश नै बहिस्कार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2018 | 12:40:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश गोपाल पराजुलीसँग सर्वोच्च अदालतका न्यायाधीशहरु असन्तुष्ट देखिएका छन् । पराजुलीको जन्म मितिको विवादका कारण सर्वोच्चका न्यायधिशहरु असन्तुष्ट हुँदा इजलास समेत प्रभावित हुन थालेका छन् । 

प्रधानन्यायाधीश पराजुलीले फरक–फरक जन्म मिति भएकाको कागजात पेश गरेको विषयमा सर्वत्र आलोचना भएपछि सञ्चारमाध्यममा प्रकाशित समाचार र त्यसले अदालतको अवहेलना भएको विषय लम्बिदै जाँदा प्रधानन्यायाधीश पराजुलीले मंगलबार तोकेका तीनवटा इजलासका न्यायाधीशले इजलास बहिष्कार गरेका छन् । न्यायाधीशहरु डाक्टर आनन्दमोहन भट्टराई र इश्वर खतिवडा, हरिकृष्ण कार्की र सपना प्रधान मल्ल, विश्वम्भर श्रेष्ठ र अनिलकुमार सिन्हाको इजलास बस्न नसकेको हो ।

सर्वोच्चका न्यायाधीशहरुले सोमबारै प्रधानन्यायाधीश पराजुलीलाई न्यायिक प्रक्रियाबाट बाहिरीन सल्लाह दिए पनि अटेर गरी उनले  मंगलबार इजलास तोकेपछि न्यायाधीशहरु असन्तुष्ट भउका हुन् । प्रधानन्यायाधीशले फरक–फरक जन्ममिति भएका कागजात पेश गरेर कार्यकाल लम्ब्याएको भन्दै ईजलास बहिष्कार गर्ने न्यायाधीश चोलेन्द्रसमशेर जबरालाई मंगलबार कुनै इजलास तोकिएको छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved