राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने यि हुन् १८ सांसद

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2018 | 01:48:18 PM मा प्रकाशित

laxmi  sunrise bank


राष्ट्रपतिको निर्वाचनमा १८ जना सांसदले मतदान गरेनन् । मंगलबार भएको मतदानमा राष्ट्रियसभा र संघीय संसदका पाँच जना र प्रदेशसभाका १३ सांसदले भाग नलिएको संसद सचवालयले जनाउको छ । निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका नयाँ शक्ति पार्टी, विवेकशिल साझा र नेपाल मजदुर किसान पार्टीका सांसदले मतदान नगरेका हुन् । 

निर्वाचनमा संघीय संसदका ३ सय २६ जनाले मतदान गरेका छन् । मतदानमा डाक्टर बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव, जितेन्द्र नारायण देव अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभाका ५ सय ४९ सदस्य मध्ये ५ सय ३६ जनाले राष्ट्रपतिको चुनावमा मतदान गरेका छन् भने १३ सांसद उपस्थित भएनन् । 

प्रेमबहादुर तामाङ, प्रभात गिरी, धनमाया पोख्रेल, रमेश पौडेल, मनिशकुमार सुमन, कृष्णप्रसाद चौधरी, सुरेन्द्र गोसाईं, सृजना सैजु, हिमबहादुर शाही, हरिशरण आचार्य,  डिन पन्त, शोभा शाक्य र विराजभक्त श्रेष्ठ उपस्थित नभएको संसद सचिवालयले जानकारी दिएको छ ।

आजै बेलुकीसम्ममा राष्ट्रपति निर्वाचनको मतगणना सकिने र अन्तिम परिणाम आउने आयोगले जनाएको छ । निर्वाचनमा एमाले माओवादी गठबन्धन तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो कार्यकालका लागि चुनावी मैदानमा छिन् भने नेपाली काङ्ग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेद्वार बनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved