वर्तमान सरकारसँग मिलेर काम गर्न भारत आतुर : जोली

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2018 | 03:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा गठन भएको नयाँ सरकारलाई भारत र आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । नेपाल मामिलाका जानकार समेत रहेका जोलीले नेपालमा लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता जोलीले नेपाललाई आगामी दिनमा अझै धेरै सहयोग गर्ने भन्दै भारत सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने बताए । भारत सदैव समृद्ध र विकसित नेपालको पक्षमा रहेको बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको यही चाहना भएको जिकीर गरे ।

उनले नेपालको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि ओली सरकारसँग मिलेर काम गर्ने उनको भनाई छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved