तेब्बर बढी मतले राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2018 | 03:29:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन् ।

 भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो । 

दिउँसो ३ बजेसम्म राष्ट्रपति निर्वाचनमा ८६२ जनाले मतदान गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved