सगुन र हिन्दुस्तान टाइम्सबीच ५० लाख डलरको सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 13, 2018 | 07:08:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सोसियल कमर्श प्लेटफर्म सगुन र भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सबीच ५ करोडको सम्झौता भएको छ। हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटि ओभरसिजसंग भएको सम्झौताले भारतमा सगुनको पहुँचमा वृद्धि हुने विश्वास गरिएको छ। 

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले यस सम्झौताले हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ सगुनको पहुँच पुग्ने बिश्वास व्यक्त गरे।

उनले भने, 'हामी एच्‌टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्ताहरुसम्म पुग्नको लागि मद्दत गर्नेछ'

'हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं' हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने। 

सगुनले आफ्नो नविन प्रयोग अन्तर्गत सोसल स्मार्ट कार्डको विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा सुरु गर्ने लक्ष्य लिएको छ । यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्ने र कुपन देखाएर छुट पाउन सकिने साथै  तथा आफ्ना प्रियजनहरुलाई उपहार पनि दिन सकिने सगुनले जानकारी दिएको छ। 

सगुनले यसै बर्ष आइओएस् एप जारी गर्नको लागि समेत काम गरिरहे कम्पनिको भनाई छ। ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस् एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ। 

सगुनले यस वर्षकै जनवरीमा सफलरुपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा यस सम्झौता भएको छ। दुई महिनामा नै सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको कम्पनिको दाबि छ। 

कम्पनिका अनुसार एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरु भइसकेका छन् । अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा भन्दा राम्रो अनुभव खोजिरहेका अन्य सामाजिक सञ्जालका २ अर्ब ८० करोड प्रयोगकर्ताहरु मध्येबाट सगुन प्रयोगकर्ताहरुको हिस्सा बढिरहेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved