आफुलाई पुरानो गाडी दिएको भन्दै प्रदेश २ का उद्योग तथा पर्यटनमन्त्री रामनरेश रायले असन्तुष्टि जनाएका छन। नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान कुरा गर्दै मन्त्री रायले मन्त्रि जस्तो व्यक्तिलाई सरकारले पुरानो गाडी दिएर अपमान गरेको गुनासो गरेका हुन।
‘केन्द्र सरकारले मलाई हेपेको छ । पुरानो गाडी दिएको छ । बेलाबेला बिग्रिन्छ ।’ उनले आक्रोशित हुँदै भने, ‘कमसे कम मन्त्री जस्तो व्यक्तिलाई राम्रो गाडी त दिनु पर्छ नि !’ प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले केन्द्रले आफूहरूलाई हेर्ने दृष्टीकोण फरक रहेको बताए ।
राष्ट्रपति निर्वाचनका बेला मतदान गर्न काठमाडौं आउने बेला आफू चढेको झण्डावाल गाडी बाटोमा बिग्रिएको प्रदेश मन्त्री रायले बताए । ‘म चढेको गाडी बाटोमा बिग्रियो । मन्त्री चढेको गाडी पनि बिग्रने रु’, उनले भने, ‘मुख्यमन्त्रीको गाडी पनि बिग्रिएपछि बसमा चढेर जाने परेको थियो ।’