राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 12:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । 

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।   त्यसअघि उनका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावको समर्थक सुमनराज प्याकुरेल र दिनानाथ शर्माले समर्थन गरेका थिए । राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ बमोजिम राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत ४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत २ गते अपराह्न ३ बजे बस्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved