दुर्घटनाग्रस्त बिमानका चालकले राजिनामा दिएर नेपाल उडान गरेको खुलासा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 02:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बांग्लाको बिमान दुर्घटनाबारे विभिन्न तथ्य खुल्ने क्रममा रहेको छन् । यसै क्रममा बंगलादेशको एक अंग्रेजी अनलाइनले दुर्घटनाग्रस्त उक्त विमानका पाइलट अबिद सुल्तानले नेपाल आउनु अघि नै राजिनामा दिएको खुलासा गरेको छ ।

अनलाइनले एक समाचार प्रकशित गरिएको छ जसमा सुल्तानका नजिकका साथीलाई उद्धृत गर्दै सुल्तानले नेपाल आउनु अगाडी नै राजिनामा दिएको उल्लेख गरेको छ  । समाचारमा सुल्तानले नेपाल उड्नुअघि नै युएस बंगलालाई इमेलमार्फत् राजीनामा दिएको तर उनको राजीनामा स्वीकृत नभएको भनिएको छ।

ति साथीका अनुसार युएस बंगलाका उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथोपियन एअरलायन्समा गएका थिए । ति उच्च अधिकारीले सुल्तानलाई पनि इथोपियन एअरलायन्समा जागिर दिने भनेकोले सुल्तानले राजिनामा बुझाएको दाबी गरिएको छ। 

तर युएस बंगला एयरका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कमरुल इसलामले भने राजीनामाबारे प्रशासनलाई जानकारी नभएको बताएका छन्। उनले कुनै पनि चालकले बिमान उडाउदिन्न भन्न पाउने तर राजिनामाबारे जानकारी नभएको बताएका हुन् ।

सुल्तान निकै अनुभवी पाइलट तथा प्रशिक्षक समेत थिए  । उनी  सन् २०१५ को मे ६ बाट पाइलटका रुपमा युएस बंगलामा प्रवेश गरेका थिए। त्यस अघि उनी सन् १९८४ मा बंगलादेश एअरफोर्समा आवद्ध भएर २० वर्षे सेवाअवधि सकेपछि फ्लाइट लेफ्टिनेन्टको रुपमा जागिर छोडेका थिए ।

सोमबार भएको दुर्घटनामा सुल्तान सहित चालक दलका सबै सदस्यको निधन भएको छ  । दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका छन्  ।

यो पनि: 

को पाइलट प्रथुलाले विमान अवतरण गरेको हुनसक्ने आधार फेला, आखिर को थियो त दोषी ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved