BREAKING: राष्ट्रपतिलाई सपथ खुवाउदै गर्दा प्रधानन्यायाधीश पराजुली पदमुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 03:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त भएका छन्  । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई आज अवकाश भइसकेको पत्र पठाएको हो  । पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको उल्लेख छ।

सचिव नृपध्वज निरौलद्वारा हस्ताक्षरीत पत्रमा पराजुलीको उमेर २०७४ साउन २१ गते नै ६५ बर्ष पुगेकोले पदमुक्त गरिएको उल्लेख छ ।  

पत्रमा सचिव स्तरीय निर्णयबाट आज फागुन ३० गतेको मितिबाट पराजुली पदमा नरहेको भनिएको छ ।

पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि पराजुली नैतिक संकटमा परेका थिए ।पराजुली भने नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved