पदबाट निकालिएका पराजुलीसंग राष्ट्रपति भण्डारीले लिएको सपथ वैध कि अवैध ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 04:10:16 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यायपरिषद सचिवालयले प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई पदमा नरहेको पत्र सार्वजनिक गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीको सपथमाथि प्रश्न उठेको छ। 

उमेर हदका कारण ७४ साउन २१ गते नै पदावधि सकिएको उल्लेख गर्दै न्यायपरिषदले पराजुली पदमा नरहेको पत्र सार्वजनिक गरेको केहि मिनेटमा नै राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि पराजुलीबाट लिएको सपथ वैध कि अवैध भन्ने प्रश्न उठेको छ। 

कानुनि स्तरमा राष्ट्रपतिले लिएको सपथ वैध भएपनि जनस्तरमा भने वैधताको सवाल जीवित नै रहने कानुनविदहरु बताउछन। वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भन्छन, 'पदमै नरहेको भनेर पत्राचार मात्र गरिएको छ, पत्राचार नै कानुनि बाटोबाट भएको छैन, त्यसैले पत्राचार कै कारण राष्ट्रपतिको सफत माथि प्रश्न उठाउनु आवश्यक छैन।' 

त्यस्तै अधिवक्ता कपिलदेब ढकालका अनुसार राष्ट्रपति कार्यालय र प्रधानन्यायधिशलाई पदमा नरहेको पत्राचार बारे जानकारी नभएकाले राष्ट्रपतिको सफत वैध नै हुन्छ। 

राष्ट्रपति भण्डारीलाई दोस्रो कार्यकालका लागि पराजुलीले सफत गराउदै गर्दा बिजपाटि डटकम लगायत विभिन्न अनलाइन मिडियाले न्यायपरिषदका सचिव नृपध्वज निरौलाले लेखेको लेखेको पत्रमा राष्ट्रपति कार्यालयलाई समेत वोधार्थ दिंदै पराजुलीको ‘उमेर हद साउन २१ मै सकिएकोले पदमा नरहेको व्योहोराको पत्र’ सार्वजनिक भएको छ। न्यायपरिषदका सचिवको पत्रमा परिषदकै अध्यक्ष प्रधानन्यायाधीशलाई नै सम्बोधन गरिएको छ । 

कानुनविदहरुका अनुसार गोपाल पराजुलीले साउन २१ गतेदेखि अहिलेसम्म प्रधानन्यायाधीशको हैसियतमा गरेका सबै कामहरुले कानुनि मान्यता पाउँछ। तर कानुनि प्रभाब भने शुन्य नरहेपनि जनस्तरमा भने साउन २१ यता प्रधानन्यायधिश पराजुलीबाट भएका कामले वैधताको प्रश्न खडा गर्नेछ। 

पराजुलीले साउन २१ देखि अहिलेसम्म लिएको सेवा सुविधा ज्यालादारी सरह काम गरेर खाएको भन्ने अर्थमा लिने परम्परा छ। पेन्सन वा अन्य सुविधाको हकमा सेवा अवधि साउन २१ गतेसम्मको मात्र कायम रहने अधिवक्ता ढकालको भनाई छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved