BREAKING NEWS: प्रधानन्यायाधीशको पद मुक्ति गलत पत्रका आधारमा भएको खुलासा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 05:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले गलत पत्रका आधारमा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई पद मुक्त गरेको खुलासा भएको छ। परिषदका सचिब निरौलाले पराजुलीको जन्म मिति नै गलत राखेर प्रधानन्यायाधीशलाई पद मुक्त हुने गरि पत्र काटेको खुलासा भएको हो। 

परिक्षा नियन्त्रक विजय प्रसाद आचार्यले पठाएको चलानी नम्बर ४२४ मा उल्लेख पत्रमा भएको विवरण अनुसार सचिब निरौलाले प्रधानन्यायाधीश पराजुली पद मुक्त भएको पत्र मिडियालाई पठाएका थिए। 

तर न्यायपरिषदलाई पठाईएको चलानी नम्बर ४२४ को पत्रमा पराजुलीको जन्म २०११ बैशाख १३ भएको उल्लेख छ। प्रमाण अनुसार न्यायपरिषदका सचिवले पदमा नरहेको पत्र गर्नु गलत भएको बताइएको छ। 

परिक्षा नियन्त्रकले न्यायपरिषदमा पठाएको पत्र अनुसार पराजुली आगामी बैशाख १२ देखि मात्र पद मुख हुनेछन। तर परिक्षा नियन्त्रकले पठाएको सूचनालाई नै 'तोडमोड' गरि न्यायपरिषदका सचिब निरौलाले प्रधानन्यायाधीशलाई पद मुक्त गरिएको पत्र किन सार्वजनिक गरे भन्ने बिषय प्रश्नको घेरामा परेको छ।

सचिब निरौलाले मिडियामा पठाएको बिज्ञप्तिमा 'पराजुलीको उमेर २०७४ साउन २१ गते नै ६५ बर्ष पुगेको' उल्लेख छ। र सोहि आधारमा साउन २१ गते देखि नै पराजुली पदमुक्त भएको न्यायपरिषदका सचिब निरौलद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।    


यस अघि:

BREAKING: राष्ट्रपतिलाई सपथ खुवाउदै गर्दा प्रधानन्यायाधीश पराजुली पदमुक्त

पदबाट निकालिएका पराजुलीसंग राष्ट्रपति भण्डारीले लिएको सपथ वैध कि अवैध ?

न्यायपरिषदबाट प्रधानन्यायधीस पदमुक्त भएपछि उब्जिएका यी ३ जटिल प्रश्नको उत्तर कसले दिने ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved