बंगलादेशी सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, बिहीबार सार्वजनिक बिदा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 05:51:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ।

आज आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । राष्ट्रिय शोकका दिन दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो। ५१ मध्ये २२ नेपाली, २८ बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको हो। सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved