२० वर्ष पुराना सार्वजनिक यातायातका साधन संचालनमा प्रतिबन्ध, के भन्छन् यातायात व्यबसायी

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 10:49:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बिहिबारदेखि २० वर्ष पुराना सार्वजनिक यातायातका साधन संचालनमा प्रतिबन्ध लगाएको छ । पुराना सवारी साधनका कारण वायु प्रदूषण र दुर्घटना बढेको भन्दै सरकारले आजदेखि २० वर्ष पूराना सवारी हटाउने निर्णयमा कडाई गरेको हो । यातायात व्यवस्था विभागले देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको अनुमान गरेको छ ।

विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थाले पनि पूर्णरुपमा कार्यान्वयन भएको थिएन् । अभियान फितलो भएपछि विभागले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको थियो । 

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने चल्न दिने जनाएको छ । सरकारी निर्णयको बेवास्ता गर्दै जबरजस्ती पुराना सवारी सञ्चालन गरेको पाइए त्यस्ता गाडि जफत गरी कवाडीमा लिलाम गरिने विभागले चेतावनी दिएको छ ।

यातायात व्यवसायीहरुले भने सवारी साधन २० वर्षको हुँदैमा सबै कामै नलाग्ने अवस्थामा नपुग्ने दाबी गर्दै पुराना सवारी साधन विस्थापनको सट्टा चेकजाँच गरेर राम्रो अवस्थाका सवारीलाई सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved