युएस बंगलाको ढाका-काठमाडौं उडान बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 11:25:57 AM मा प्रकाशित

laxmi  sunrise bank

युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पनीको बिमान दूर्घटना भएपछि उडान बन्द गरिएको हो ।  विमान दुर्घटनापछि बिमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि करिब एक महिनाका लागि रोकेको युएस बंगलाले जनाएको छ ।

तर कम्पनीले यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

गत सोमबार ७१ जना सवार विमान  त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved