उपसभामुखमा एमालेकी शिवमाया र कांग्रेसकी पुष्पाबीच प्रतिस्पर्धा हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 12:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले तुम्बाहाम्फेलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय हो । एमाले माओवादीबीच भएको सहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । 

सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । सभामुख पुरुष भएकाले उपसभामुख महिला नै हुनुपर्ने कानूनी प्रावधान छ । संघीय समाजवादी फोरम नेपालले पनि उपसभामुखमा दाबी गरेको छ ।

कांग्रेसले सांसद पुष्पा भुसाललाई प्रतिस्पर्धामा उतारेको छ । भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन् । उनको प्रस्तावकमा डिला संग्रौला र देवेन्द्रराज कंडेल समर्थक छन् । उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved