हजार रुपियाँको चाँदीको सिक्का निष्काशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 04:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा स्वर्ण जयन्तीको लागो अंकित सिक्का निष्काशन भएको छ ।

नेपाल राष्ट्र बैंकको सहयोगमा स्वर्ण जयन्ती लोगो अंकित १ हजार रुपैयाँको चाँदीको सिक्का र मंगलबजारको ऐतिहासिक ढुंङ्गेधारा अंकित १ रुपैयाँ सिक्का निष्काशन गरिएको हो ।  सो लोगो वरिष्ठ कलाकार वत्सगोपाल वैद्यले डिजाईन गरेका हुन्  । मंगलबजारमा अवस्थित भिमसेन मन्दिर व्यापारीहरुको इष्ट देवताका रुपमा पुजिने परम्परालाई मध्यनजर गर्दै सो लोगो डिजाईन गरिएको  छ ।

संघका कार्यकारिणी सदस्य भूमिनन्दन कर्माचार्यको संयोजकत्वमा गठित सामाजिक सेवा समितिको अग्रसरतामा सो सिक्का निष्काशन भएको थियो । 

ललित अन्तर्राष्ट्रिय मेलाको दोस्रो दिन पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा  चिरञ्जीवी नेपालले सिक्का निष्काशन गरेका हुन् । सो अवसरमा वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, संघका अध्यक्ष कृष्णलाल महर्जन लगायतले मन्तब्य राखेका थिए  ।

 सोही समितिको अगुवाईमा ललितपुर जिल्लाका ८८ वर्ष नाघेका अर्थात तेसोें ज्याजंकु –देवरथारोहण सकिसकेका १ सय भन्दा बढी वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved