'शक्तिशाली' बन्ने चाहनाले आफ्नै निर्णयबाट 'चिप्लिए' ओली, भाग पुर्‍याउन मन्त्रालय थप्दै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 16, 2018 | 08:16:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पूर्णता पाउन अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पुर्व भनाईबाट पछि हटेका छन। प्रधानमन्त्री बनेलगत्तै ओलीले थोरै संख्याको सानो र चुस्त मन्त्रिपरिषद बनाउने घोषणा गरे बिपरित भागबण्डा मिलाउनका लागि मन्त्रालयको संख्या बढाउने तयारि थालेका छन। 

सरकार बनाउने स्पष्ट बहुमत पाउँदा पनि इतिहास मै शक्तिशाली प्रधानमन्त्री बन्ने ओलीको रहरका कारण सरकारले तीन मन्त्रालय थप गरी आज सरकार विस्तार गर्ने गृहकार्य गरेको छ। 

संघीय समाजबादी फोरम र राजपालाई सरकारमा ल्याएर बलियो सरकार बनाउने ओलीको चाहनाकै कारण सरकारले पुर्ववत घोषणा बिपरित १७ बाट २० मन्त्रालय बनाउन लागेको हो। सरकारले ३० मन्त्रालयलाई घटाएर तीन साताअघि १७ मन्त्रालय बनाउने निर्णय गरेको थियो।

अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारिमा रहेको फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ।   

फोरमसँगको पटकपटक छलफलका क्रममा भागबन्डा नमिलेपछि सरकार तीन मन्त्रालय थप्न वाध्य भएको हो। फोरमलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने चाहना बिपरित फोरमका अध्यक्ष उपेन्द्र यादबले तिन मन्त्रालय पाए मात्र सरकारमा आउने बताएका छन। 

मन्त्रालय भागबण्डा मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पटकपटक छलफल गरेका छन्।

बिहीबार राति १२ बजेसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो। सो क्रममा पाँचवटासम्म मन्त्रालय टुक्राउने बारेमा छलफल भएपनि तीन वटा मात्र थप गर्न निर्णय भएको बताइएको छ। 

प्राप्त जानकारी अनुसार सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राएर छुट्टै अपुर्ति मन्त्रालय थप्ने गृहकार्य गरेको छ। त्यस्तै भूमि, कृषि सहकारीबाट कृषि तथा सहकारी मन्त्रालय बनाउने सरकारको तयारी छ। शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद मन्त्रालय टुक्राएर युवा तथा खेलकुद मन्त्रालय छुट्टै बनाउने सरकारको गृहकार्य रहेको छ।

यद्दपी धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गईसकेको भन्दै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved