सरकार गठनको एक महिनापछि मन्त्रिपरिषद विस्तार हुँदै, कुन कुन दल सहभागी हुदैछन् सरकारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 08:40:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मन्त्रिपरिषद विस्तार हुँदैछ । सरकार गठन भएको झन्डै एक महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको हो । नेकपा एमाले, नेका माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) समेतलाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार गर्न लागेका हुन् । 

संघीय समाजवादी फोरम नेपालले यस अघि नै सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको छ भने राजपाले भने अझै अन्तिम निर्णय गरिसकेको छैन् । एमाले र माओवादीले भागबन्डा गरेको मन्त्रालय संख्यामा दुबैका भागमा परेका एक एकवटा मन्त्रालय घटाएर फोरमलाई दुई मन्त्रालय सहित सरकारमा सहभागी गराउने तयारी भएको छ । 

फोरम सरकारमा सहभागी भएपछि एमालेले प्रधानमन्त्रीसहित १० र माओवादीले ६ मन्त्रालय मात्रै पाउने भएको छ । राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ । मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय भने टुंगो लागि नसकेको मन्त्री लालबाबु पण्डितले जानकारी दिए । 

मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । सबैलाई सरकारमा समेट्नुपर्ने भएकाले २ देखि ३ वटा मन्त्रालय थप हुन सक्ने बताईएको छ । नेपालको संविधान अनुसार प्रधानमन्त्री कार्यालय सहित २५ भन्दा बढी मन्त्रालय गठन गर्न नसक्ने प्रावधान छ ।

वर्तमान सरकारले संघीय प्रशासनिक भार बढ्ने भन्दै १७ वटा मन्त्रालय कायम गरेको थियो । मधेशवादी दल पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको संख्या २० देखि २१ सम्म कायम गर्ने हुनेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved