चैत २० भित्रै बजेट ल्याउँदै ३ नम्बर प्रदेश सरकार, जनप्रतिनिधिको सेवा सुविधा पनि तोकियो,

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 08:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन नम्बर प्रदेश सरकारले चैत २० गते भित्र चालु आर्थिक वर्षका लागि बजेट ल्याउने भएको छ । गएराति १० बजे सम्पन्न मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चैत २० गतेभित्र बजेट एवं सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । मन्त्रीपरिषद बैठकले मन्त्री ढुंगेललाई सरकारको प्रवक्ता तोकेको छ ।

बैठकले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा पनि निर्धारण गरेको छ । महानगरपालिकाका मेयरले ४६ हजार, उपमेयरले ४० हजार २ सय र वडाध्यक्षले २८ हजार रुपैयाँ पाउने भएका छन् ।

उपमहानगरपालिकाका मेयरले ४० हजार २ सय, उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार रुपैयाँ पाउनेछन् । नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हजार र वडाध्यक्षले २२ हजार रुपैयाँ पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार रुपैयाँ पाउनेछन् ।

स्थानीय तहका पदाधिकारीको सेवा सुविधा संसदबाट पारित गरेपछि मात्रै लागू हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved