स्थानीय तहका जनप्रतिनिधिको तलव निर्धारण, विदेश जाँदा दैनिक २०० डलर भत्ता पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 12:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए।

प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ। यसका साथै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ। दैनिक भ्रमण भत्ता  दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ। यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ। उपप्रमुखले रु ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ।

यस्तै उपमहानगरका प्रमुखले रु ४० हजार २०० र उपप्रमुखले रु ३५ हजार तलब पाउनुहुनेछ भने वडाध्यक्षले रु २५ हजार पाउनुहुनेछ। त्यस्तै, नगरपालिकाका प्रमुखले रु ३५ हजार, उपप्रमुखले रु ३१ हजार र वडाध्यक्षले रु २२ हजार तलब पाउनुहनेछ।

गाउँपालिकाका अध्यक्षले रु ३१ हजार, उपाध्यक्षले रु २७ हजार र वडाध्यक्षले रु २० हजार पाउनुहने विधेयकमा उल्लेख छ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह रु ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले रु ४० हजार २०० पाउनुहुने व्यवस्था सो विधेयकमा उल्लेख छ। यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved