तेस्रो पटक मन्त्रिपरिषद विस्तार, चार जना राज्यमन्त्री नियुक्त, ओलीलाई फोरमको 'सरप्राइज'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 16, 2018 | 04:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन। ओलीले एमाले र माओवादी केन्द्रबाट एघार मन्त्री थप गरेका हुन। यससंगै ओलीको मन्त्रीमंडल २१ सदस्सीय बनेको छ। 

ओलीले एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री बनाएका छन्। त्यस्तै, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन्। एमालेबाट जगत विश्वकर्मा  युवा तथा खेलकुद मन्त्री बनेका छन्।

त्यस्तै माओवादीबाट गिरिराजमण पोखरेल शिक्षा, वर्षमान पुन उर्जा मन्त्री बनेका छन्। माओवादीबाट शक्ति बस्नेत वन मन्त्री , बिना मगर खानेपानी र चक्रपाणी खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन्। 

ओलीले चार जना राज्यमन्त्री नियुक्त गरेका छन। गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ भने स्याङ्जाकी सांसद् पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन्। माओवादीले रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाएको छ। 

ओलीलाई संघीय समाजबादी फोरमले भने सरप्राइज दिएको छ। साढे ५ बजे सपथको लागि आउने भएको फोरम राजपा भने मन्त्रीमंडलमा सहभागी भएनन। 

फागुन ३ गते प्रधानमन्त्री भएकै दिन ओलीले लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले एमालेका इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए। त्यस्तै माओवादीको तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्री बनाएका थिए।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved