उपराष्ट्रपति पदमा पुनको उम्मेदवारी दर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 17, 2018 | 10:09:13 AM मा प्रकाशित

laxmi  sunrise bank

उपराष्ट्रपति पदमा नन्दबहादुर पुनको उम्मेदवारी दर्ता भएको छ । शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ रहेका छन् । उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समयसिमा तोकिएको छ ।  राष्ट्रपति पदमा भने विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भईसकेकी छिन् । उपराष्ट्रपतिमा पुन निर्वाचित हुने पक्का रहेकाले उनको लागि पनि यो दोस्रो कार्यकाल हुने छ ।

संसद सचिवालयले उपराष्ट्रपतिको निर्वाचन आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने गरी कायैतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved