एफएनसीसीआइ र सीआईआईका अध्यक्षद्धारा प्रधानमन्त्रीसँग भेट

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 03:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र भारतीय उद्योग परिसंघकी अध्यक्ष सोबना कामिनेनीले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

भेटमा प्रधानमन्त्रीले नेपाल समृद्धिको बाटोमा अगाडी बढेकाले भारतीय लगानी विस्तार गर्न सीआईआईका अध्यक्षलाई आग्रह गरे । मुलुकको समृद्धिनै आफ्नो प्राथमिकता रहेको भन्दै प्रधानमन्त्रीले दुवै देशका निजी क्षेत्रबाट नेपालमा भारतीय लगानी बढाउन आग्रह गरे । 

महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलन गर्ने तयारी भईरहेको जानकारी गराए । नेपाल भ्रमणमा आएकी सीआईआईकी अध्यक्ष कामिनेनीले प्रधानमन्त्रीलाई भारतीय निजी क्षेत्रको तर्फबाट बधाई पनि दिईन् । उनले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र उत्साहित रहेको भन्दै लगानी विस्तार, लगानीका क्षेत्र पहिचान लगायतका विषयमा ठोस गृहकार्य सहित अगाडी बढ्नु पर्ने बताइन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved