मन्त्री, सचिब र कर्मचारीलाई भेला गराएर ओलीले भने, गडबड गरे ऐया आत्थु भन्ने मौका हुनेछैन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 18, 2018 | 06:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले शान्ति सुरक्षा र देशको अखण्डता खल्बल्याउन खोज्ने कसैलाई पनि छुट नदिने बताएका छन। 

प्रधानमन्त्री ओलीले मन्त्रीहरु, सचिवहरु र सरकारी उच्च पदस्थ कर्मचारीलाई आज आइतबार सिंहदरवार डाकी सबैलाई जवाफदेही ढंगले काम गर्न बिशेष निर्देशन दिएका हुन। 

‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन’ प्रधानमन्त्री ओलीले निर्देशन दिंदै भने, '‘हामीले  अब  पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौ भने देश बन्दैन।'

सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ, उपलब्धी देखिने गरी काम गर्नुपर्छ।'

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिए। हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाए।   

‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस ,त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ‘तर यस कारण,यदी,यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

त्यस्तै प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताको धाउने प्रवृति अन्त्य हुने बताए ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन ’ प्रधानमन्त्री ओलीले भने ‘चुस्त ढंगले काम गर्नुहोस, जनतालाई छिटो छरितो सेवा दिनुहोस ’ प्रधानमन्त्री ओलीले भने ‘भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ ।’

प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गर्दै भने ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस, रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाउदै भए ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ यो किन सफा भइरहेको छैन ?’

त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा बस्न सुझाए ‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन् ’ प्रधानमन्त्री ओलीले भने ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस । तपाईंका काम माथी अनुगमन हुन्छ । त्यसमाथी अर्को अनुगमन हुन्छ । र,मैले पनि अनुगमन गरिरहेको हुन्छ । केहीं तलमाथी भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved