मुल्यवृद्धि नियन्त्रणमा राख्न सरकार असफल, तराईमा महंगी बढ्दा काठमाडौंको अवस्था के ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 19, 2018 | 09:18:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार मुल्यवृद्धि नियन्त्रणमा राख्न असफल, तराईमा महंगी बढ्दा काठमाडौंको अवस्था के ?

सरकार मुल्यवृद्धि नियन्त्रणमा राख्न असफल भएको छ। गएको आर्थिक बर्षको माघसम्म ३.३ प्रतिशत रहेको मुल्यवृद्धि यसपटक बढेर ५ प्रतिशत पुगेको छ । 

नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको चालु आर्थिक बर्षको सात महिनाको आर्थिक बिबरण अनूसार खाद्य बस्तुको मूल्यमा भएको बृद्धिका कारण मूल्य बृद्धि बढेको हो। महंगाईको बढ्ने प्रवृत्ति देखिए तापनि यस बर्षको औसत मुद्रास्फीति बार्षिक प्रक्षेपण भन्दा न्यून नै रहने राष्ट्र बैंकको विश्लेषण छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक सुचकांकहरुको अनुसार खाद्य बस्तुको मुल्य चार प्रतिशतले बढेको छ। अघिल्लो बर्षको यस अवधिमा यो दर शुन्य दशमलब २ (०.२) ले ऋणात्मक थियो। तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेल लगायतका वस्तुहरूको मूल्यमा वृद्धि भएकाले समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो।

त्यस्तै गैर खाद्य बस्तुको मुल्य भने अघिल्लो बर्षको तुलनामा घटेको छ। अघिल्लो बर्ष गैर खाद्य बस्तुको मुल्य वृद्धि दर ६।१ प्रतिशत रहेकोमा यस अवधिमा घटेर ५।८ प्रतिशतमा झरेको छ। लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य बस्तुको मुल्य घटेको हो। 

क्षेत्रगत रुपमा सबै भन्दा बढी तराइमा मुल्य बढेको छ। गत बर्ष भन्दा यस अवधिमा तराईमा २।६ प्रतिशतले महंगाई बढेर मुद्रास्फीति दर ५।६ प्रतिशत पुगेको छ। 

त्यस्तै हिमालमा ५.४ प्रतिशत, पहाडमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशत रहेको छ । अघिल्लो बर्षको यस अवधिमा मुद्रास्फीति दर हिमालमा ३.२ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौं उपत्यकामा १.१ प्रतिशत थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved