रेमिट्यान्समा सुधारको संकेत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 19, 2018 | 10:22:02 AM मा प्रकाशित

laxmi  sunrise bank केहि समय यता घट्दो क्रममा रहेको रेमिट्यान्समा सुधारको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको सात महिनाको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिट्यान्समा सुधारको संकेत देखिएको जनाएको हो। 

राष्ट्र बैंकका अनुसार अघिल्लो बर्षको यस अवधिसंगको तुलनामा नेपाल भित्रिने रेमिट्यान्स १.७ प्रतिशतले बढेको छ। अघिल्लो बर्षको यस अवधिमा ४ खर्ब १ अर्ब ३५ करोड रेमिट्यान्स भित्रिएकोमा यस अ अवधीमा सामान्य सुधार आई ४ खर्ब ६० अर्ब ८५ करोड पुगेको छ। 

रेमिट्यान्समा सुधारको संकेत देखिएपनि नेपालको ब्यापार घाटा र शोधानान्तर घाटा भने बढेको बढ्यै छ। उच्च आयातका कारण शोधनान्तर घाटा  १८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष शोधानान्तर घाटा ३६ अर्ब ९५ करोड रुपैयाँ बचत थियो।

त्यस्तै कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढेर ६१३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा यस्तो ब्यापार घाटा ६६।२ प्रतिशत थियो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved