रोजगारीको लागि मलेसिया जानेको संख्या सबैभन्दा धेरै, कतारलाई उछिन्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 11:09:42 AM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीको लागि मलेसिया जानेको संख्या बढेको छ। यस बर्षको माघ महिनासम्म बैदेशिक रोजगारको लागि मलेसिया पहिलो गन्तब्य बनेको वैदेशिक रोजगार विभागले जनाएको छ।

बिभागका अनुसार बिगतमा कतारमा जानेको संख्या धेरै रहेपनि अहिले पनि मलेसिया रोजगारीको पहिलो गन्तब्य बनेको छ। बैदेशिक रोजगारीको लागि बाहिरीएका मध्ये मलेसिया जानेको संख्या ६८ हजार ७० जना छ भने कतारमा ५९ हजार २ सय ८२ नेपाली कामदार पुगेका छन्। गत वर्षको यस अवधिमा मलेसियामा ४८ हजार जाँदा कतारमा ७६ हजार नेपाली कामका लागि पुगेका थिए। 

कतारपछि दुबई, साउदी अरब र कुवेत बढी नेपाली कामदार गएकामा क्रमशः तेस्रो, चौथो र पाँचौ मुलुकका रुपमा रहेका छन्। साउनदेखि माघसम्म दुबईमा ३५ हजार ८१३, साउदी अरबमा २६ हजार ५९२ र कुवेतमा ८ हजार ७९६ नेपाली कामदार पुगेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved