शांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख कित्ता बढी शेयर लिलाम गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 01:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित ९ लाख कित्ता बढी शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने एक करोड ८ लाख ६७ हजार ७९८ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयर मध्ये ९९ लाख ६५ हजार ८०१ कित्ता मात्र हकप्रद बिक्री भएको बैंकले जनाएको छ । अब निकट भबिश्य मै बैंकले बिक्रि नभएको ९ लाख १ हजार ९ सय ९७ दशमलव ५० कित्ता शेयर लिलाम गर्ने भएको हो  । लिलामको मिति भने बैंकले पछि निर्धारण गर्ने छ ।

 बैंकले गत पुस १७ गते देखि माघ २१ गते सम्म ८० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त समयमा बैंकको सेयरका लागि ११ हजार ७३२ जनाले आवेदन दिएका थिए । आवेदन परेको हकप्रद सेयर भने बैंकले बाँडफाँड गरेको छ । 

हाल बैंकको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैया छ । हकप्रद निष्काशन तथा सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved